नेपाललाई अमेरिकाले १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। कही दिनमा नै खोप निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। एक ट्वीट गर्दै उनले भनेका छन्, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउँदैछ।’
नेपालस्थित अमेरिकी दूतावासको आधाकारिक फेसबुक पनि नेपाललाई खोप उलपब्ध गराउने बारे जानकारी दिइएको छ।