Home समाचार पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन: कसरी मनाउँदैछन्, विज्ञप्ती जारी गर्दै गराए जानकारी

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन: कसरी मनाउँदैछन्, विज्ञप्ती जारी गर्दै गराए जानकारी

पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन हो । उनले बुधवार आफ्नो ७५ औं जन्मदिन मनाने तयारी गरेका छन् । तर अहिलेको विषम परिस्थितीका कारण उनले आफ्नो जन्मदिन सामान्य तरिकाले मनाउने जनाएका छन् । आफ्नो जन्मदिनलाई उत्सव नबनाउने उनको भनाई छ ।

राजनीतिले निराशा पैदा गरेको र महामारीका कारण नागरिक समस्यामा परेका कारणले आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने घोषणा उनले गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् । वि।सं। २०५८ जेठ १९ गते नारायणहिटी दरवार घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read