Homeसमाचारअन्ततः फुट्ने भयो 'जनता समाजवादी पार्टी'

अन्ततः फुट्ने भयो ‘जनता समाजवादी पार्टी’

जनता समाजवादी पार्टी (जसपा) करिबकरिब औपचारिक विभाजनको चरणमा पुगेको छ। जसपाका दुवै पक्षले निर्वाचन आयोगसँग अलग्गिएर जाने सहमति जनाएपछि त्यस्तो परिस्थिति सिर्जना भएको हो।निर्वाचन आयोगले आज (मंगलबार) जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई आज (मंगलबार) छलफलका लागि कार्यालयमा बोलाएको थियो।

छलफलका लागि पुगेका दुवै पक्षका नेताहरुले अब सँगै बस्न सम्भव नभएको बताउँदै आफूहरूलाई अलग्याइदिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन्।उनीहरूले राजनीतिक दलसम्बन्धी कानुनअनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू भनेका छन्।

आयोगमा ठाकुर पक्षका उनीसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा पुगेका थिए भने यादव पक्षबाट उनीसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी पुगेका थिए।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने र नहुने भन्ने विषयबाट सुरु भएको ठाकुर र यादव पक्षबीचको विवादले लामो समय गुजारिसकेको छ।विवादले उग्र रूप लिँदै जाँदा उनीहरू एकले अर्कालाई कारबाही गरेर त्यसको सूचना आयोगमा पठाएका थिए।दुवै पक्षले आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन पनि दिएका थिए।

आजको छलफलमा मिलेर जान सकिने विषयमा केहीबेर प्रयास गरिए पनि कुनै सम्भावना नदेखिएपछि अलग भएरै अघि बढ्न राजी भएर दुवै पक्षले हस्ताक्षर गरेको बताइएको छ।मिलेर जान नसक्ने भयौं। अलग गरिदिनुस् भनेर सही गरिसक्यौं,’ पत्रकारहरूसँग ठाकुर पक्षका नेता अनिल झाले भने, ‘उपेन्द्रजीबाट पनि एकसाथ जान सकिँदैन भन्ने कुरा आयो।’दुवै पक्षका नेताहरूलाई आयोगले माइन्युटमा हस्ताक्षर गराएको झाले बताए।

अध्यक्ष ठाकुर पक्ष ओली सरकारमा सहभागी भएको थियो भने ओली सरकारमा जसपा जान नहुने भन्दै आएको यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read