Home समाचार आजको मौसम : आज कहाँ-कहाँ पर्छ पानी ?

आजको मौसम : आज कहाँ-कहाँ पर्छ पानी ?

देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ। जसकारण मंगलबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी का केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  ।  बुधबार देशका अधिकांश भूभागमा बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read