Home समाचार निर्वाचन आयोगले दल दर्ताका लागि दियो समय

निर्वाचन आयोगले दल दर्ताका लागि दियो समय

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गरेको छ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो।

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै जेठ ८ मा निर्वाचन घोषणा गरेकी थिइन्। कात्तिक २६ र मंसिर ३ मा प्रतिनिधि सभा चुनाव गर्ने तय भएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read