Home समाचार नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध

लगातारको बर्षापछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । ४-५ दिनदेखि अविरल बर्षाले गर्दा पहित्रोको कारण अवरुद्ध हुदै खुल्दै गरेको बाटो पुन अवरुद्ध भएको हो।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुखले जानकारी दिएका छन् । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताएका छन् ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read