Homeसमाचारकाठमाडौंको निषेधाज्ञा अब के होला ? सिडिओहरूको बैठक बस्दै

काठमाडौंको निषेधाज्ञा अब के होला ? सिडिओहरूको बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा नयाँ रणनीति तय गर्न आइतबार आज  दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्दैछ।

काठमाडौंमा वैशाख १६ बाट निषेधाज्ञा जारी छ। तर, पछिल्लो पटक पसल बार अनुसार सञ्चालनमा छन् भने सार्वजनिक र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलिरहेका छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बैठकका निर्णय साँझ ५ बजेसम्ममा सार्वजनिक गरिने बताए। हाल २५ भनदा बढीसिटका सार्वजनिक यातायात सञ्चालनमा छन्। भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरिएको छ। ?

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read