Home फिल्म बलिउड आमिर खान र पत्नी किरण रावको सम्बन्धविच्छेद , बिहेको १५ वर्षमा...

आमिर खान र पत्नी किरण रावको सम्बन्धविच्छेद , बिहेको १५ वर्षमा टुट्यो सम्बन्ध

बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावको सम्बन्धविच्छेद भएको छ ।दुवैले संयुक्त वक्तव्य जारी गर्दै बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेको जनाएका छन् ।अब दुवैले नयाँ जिन्दगीलाई अलग–अलग जिउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘यी १५ सुन्दर वर्षमा हामीले एकसाथ जीवनभरका अनुभव, आनन्द र खुशी आदानप्रदान गरेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बाँडिएको थियो । अब हामी जीवनको नयाँ अध्याय शुरू गर्न चाहन्छौं – पतिपत्नीको रूपमा नभई सह–बुवा–आमा र परिवारका रूपमा । हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।

सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । ‘हामी दुवै अलग–अलग बस्ने भएपनि आफ्नो जीवनलाई एक विस्तारित परिवारका रूपमा सहकार्य गर्नेछौं । हामी छोरा आजादप्रति समर्पित आमा–बुवा हौं । उनको पालनपोषण हामी मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगीको रूपमा काम जारी राख्नेछौं ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read