Home समाचार आजदेखि देशभरि मनसुन सक्रिय : यस्तो छ आजको मौसम , देशका अधिकांश...

आजदेखि देशभरि मनसुन सक्रिय : यस्तो छ आजको मौसम , देशका अधिकांश ठाउँमा ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

आजदेखि देशभरि मनसुन सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाले आजबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

‘उक्त प्रदेशहरूका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाको विशेष बुलेटिनमा भनिएको छ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश् क्षेत्रमा वर्षा भइरहेको छ । आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यता भारी वर्षाका कारण नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् । सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बिहान पाँच बजेदेखि परासीस्थित बर्दाघाट वर्षामापन केन्द्रमा पनि भारी बर्षामापन भएको छ । उक्त क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह छ । बिहान दुई बजेदेखि मकवानपुरस्थित रजैया र हेटौंडा वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको हुँदा पूर्वी राप्ति नदी तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read