Home अर्थ मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने

 मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरोसेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । आइपीओ बिक्रीपछि मनकामनाको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९६ लाख ७६ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा पुग्ने अनुमान छ ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read