नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

0
119

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।
टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ।टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here