Home समाचार उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै

उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै

रोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ ।कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । स्मार्ट लकडाउन गर्ने भन्ने चर्चा चलेको काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै केहि खुकुलो पार्ने तयारि भएको हो। तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ ।

गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ देखि लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने भएका हुन् ।

सार्वजनिक तथा निजी सवारीसाधन पनि सञ्चालन गर्नुपर्ने दबाबमा सरकार छ । उपत्यकाभित्र मात्रै लागू हुने गरी जोरबिजोरमा आधाभन्दा कम यात्रु राखेर सञ्चालन गर्नुपर्ने माग पनि उठेको छ ।गृह मन्त्रालयले देशभरका प्रशासनलाई परिपत्र गरी आर्थिक क्षेत्रलाई विस्तारै चलायमान बनाउने गरी निषेधाज्ञाको स्वरूप हेरफेर गर्न निर्देशन दिएको थियो ।

यसअघि प्रशासनको आदेशबाट सञ्चालनमा रोक लगाइएका फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, दैनिक जीवनयापनका लागि चाहिने खाद्यान्नबाहेकका वस्तु जनस्वास्थ्यका मापदण्ड र समयसीमा तोकेर किनबेच गर्न दिनेबारे छलफल भइरहेको छ। यसका लागि कुन समय वा बार तोक्नेबारे निर्णय हुन बाँकी छ । निषेधाज्ञासम्बन्धी निर्णय लिन तीनवटै प्रशासनको संयुक्त बैठक आज आइतबार बस्दै छ ।

निषेधाज्ञाका कारण संक्रमण दर घटाउन सहयोग पुगेको तर चेन ब्रेक हुन सकेको छैन । निरन्तरको बन्दबाट आम मानिसको जीवनयापनमा पनि प्रतिकूल असर पुग्ने जोखिमलाई ध्यानमा राखेर संक्रमण रोकथाममा पनि लाग्ने र रोजीरोटीसँग जोडिएका क्षेत्रलाई पनि खुलाउँदै लैजानुपर्छ भन्ने  निष्कर्षमा उपत्यकाका तिन वटै सिडिओ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा मात्रै अचुक उपाय नभएको बताएका छन् । बन्दाबन्दीभन्दा नागरिकको रोजीरोटी समस्या भयावह हुन सक्ने भएकाले त्यससँग जोडिएका क्षेत्रलाई बिस्तारै खुलाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

यसअघि उपत्यकामा कृषिजन्य मल, बीउबिजन बिक्री–ओसारपसार, बैंक/वित्तीय संस्था, सहकारी, रेमिट्यान्स, वर्कसप, निर्माण सामग्रीका र मालवाहक सवारी, खाद्यवस्तु, होटल/रेस्टुराँमा टेक–अवे र होम डेलिभरी, अनलाइन सपिङलगायतमा निषेधाज्ञा खुकुलो भइसकेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read