Homeसमाचारमेलम्चीमा फेरि बाढी

मेलम्चीमा फेरि बाढी

विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो ।

मंगलबार क्षति पुर्‍याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्‍याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन् ।

राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवारजस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको मेलम्चीका स्थानीय बासिन्दाले  जानकारी दिएका छन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read