Home समाचार टीकटकले कमायो ३४.५ बिलियन डलर

टीकटकले कमायो ३४.५ बिलियन डलर

चिनियाँ भिडियो साझेदारी एप टीकटक निर्माता कम्पनी बाइटडान्सले सन् २०२० मा दोब्बर कमाइ गरेको छ ।कम्पनीको आम्दानी १११ प्रतिशतले वृद्धि हुँदै सन् २०२० मा ३४.५ बिलियन डलर पुगेको बीबीसीले जनाएको छ ।

विश्वव्यापीरुपमा चर्चित बनिरहेको टीकटकको लोकप्रियतामा वृद्धि भएसँगै कमाइमा पनि बढोत्तरी भएको हो । बाइटडान्ससँगै अन्य चिनियाँ कम्पनीलाई पनि सरकारबाट तीव्र दबाब परिरहेको छ ।

बाइट डान्सको नाफामा पनि उक्त वर्ष ९३ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष कम्पनीले १९ बिलियन डलर खुद नाफा कमायो । गतवर्ष सोही अवधिमा कम्पनी ४५ बिलियन डलरले घाटामा गएको थियो ।

गतवर्षको डिसेम्बरसम्म विश्वभरि बाइट डान्सका १.९ बिलियन प्रयोगकर्ता थिए । टीकटकको विश्वव्यापी लोकप्रियतासँगै चीन र अमेरिकी सरकारले बाइट डान्सलाई दबाब दिइरहेका छन् ।

यो महिनाको सुरुआतमा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ एपले अमेरिकी बजारमा उपस्थित खोज्ने हो भने प्रयोगकर्ताको तथ्यांक सुनिश्चित गर्नुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

साथै, उनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले टीकटक र वी च्याटविरुद्ध लगाएको प्रतिबन्ध पनि फुकुवा गरेका थिए ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read