नायिका आँचल शर्माले सिन्धुपाल्चोक बाढिपहिरो पिडित ५० परिवारलाई गरिन राहत बितरण

0
496

निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । लगातार परिरहेको पानीका कारण आएको बाढिले सिन्धुपाल्चोकको मेलम्ची सबैभन्दा बढी प्रभावित भएको छ । कहिले ज्यान गुमाए , कैयौं हराईरहेका छन् सयौं मानिस घरवार विहिन भएका छन् भने करोडौं धनजनको क्षती भएको छ।

मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका आँचल शर्माले सिन्धुपाल्चोक बाढिपहिरो पिडित ५० परिवारलाई राहत बितरण गरेकी छन।
हिजो बिहिवार श्रीमान उदिप श्रेष्ठ, निर्देशक मिलम चाम्स तथा ओएस आर डिजिटलका ॐ अग्रवालसहितको टोली मेलम्ची पुगेर राहत वितरण गरेर आएको हो।

राहत वितरण पछि उनी भन्छिन ,”आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थिति नियाल्दा कहालिलाग्दो छ । सबैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ । ”

धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र उनि पनि त्यस्तै सानो सारथी बनेर पुगेका बताएकी छिन। उनले जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती देखिएकाले सहयोग गर्न अनुरोध पनि गरेकी छन्।

नायिका पूजा शर्माले र स्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here