Home समाचार नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वमै तेस्रो स्थानमा

नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वमै तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।

पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।

नेपालको परराष्ट्र नीतिअनुसार राष्ट्रसंघले मागेको खण्डमा १० हजार फौज शान्ति सेनामा पठाउन सकिने सरकारी सिलिङ छ । ‘भविष्यमा राष्ट्रसंघले माग गरेको खण्डमा फौजको संख्यामा वृद्धि हुनसक्ने कुरा पनि प्रवक्ताले  जानकारी दिए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read