Home फिल्म सेलिब्रेटी मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्दै पूजा र श्वेता

मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्दै पूजा र श्वेता

निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । लगातार परिरहेको पानीका कारण आएको बाढिले सिन्धुपाल्चोकको मेलम्ची सबैभन्दा बढी प्रभावित भएको छ । कहिले ज्यान गुमाए , कैयौं हराईरहेका छन् सयौं मानिस घरवार विहिन भएका छन् भने करोडौं धनजनको क्षती भएको छ।

घटना लगत्तै मेलम्चीबासीलाई सहयोग तथा राहत वितरण गर्न सकरकाले निर्देशन त दियो तर सरकारको सधैजसोको ढिलासुस्तीले पिडितले राहत पाउन अझै सकेका छैनन्। सरकार बाहेका अन्य बिभिन्न संघसस्थाले पनि बाढि प्रभावित मेलम्चीबासीलाई सहयोग बितरणमा अगाडी सरेका छन।

मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्माले र स्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेका छन् ।

‘जहिले जे जस्तो प्राकृतिक प्रकोप नेपालमा आउँदा पनि किन पहिला सिन्धुपाल्चोकमा नै दुख पर्छ ? आज फेरी सारा सिन्धुपाल्चोकवासी अत्यन्तै दुखमा छन । धेरेको बिजोग अवस्था छ’, भन्दै उनले दुख व्यक्त गरेकी छन्। सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी यी नायिकाले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गरेकी छिन् ।

उनले, आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रबार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन् । यस्तै, नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार सहयोग वितरण गर्न जाने तयारी गरेकी छिन् ।

त्यस्तै ‘सिन्धुको समस्यामा हाम्रो साथ’ भन्दै काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर बस्न नसकिने भएकाले मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता ठानेर तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु भनेकी छिन।

श्वेताले विभिन्न सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गरेकी हुन् । श्वेताले यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा हातेमालो गर्न सबैसँग अपिल गरेकी छिन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read