Home अर्थ जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

यस लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये जारी पुँजीको ०.५% आर्थत् ३० हजार ४२० कित्ता कर्मचारी र कुल निष्कासनको ५% अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा आइपीओ बिक्री नभएमा असार २५ गतेसम्म आवेदन दिन कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

यस आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read