Homeखेलकुदयूरो कपमा आज कुन–कुन टिमबीच खेल ?

यूरो कपमा आज कुन–कुन टिमबीच खेल ?

यूरो कप-२०२० यूरोपका विभिन्न ११ शहरहरुमा आयोजना भईरहेको छ । १६ औं संस्करणको यूरो कप फुटबलमा आज बिहीबार तीन वटा खेलहरु हुनेछन् । यूरो कपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ का दुई खेल र समूह ‘बी’ को एक खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सी मा रहेका यी दुई टोलिबीचको खेल साँझ ६:४५ बजेदेखि प्रारम्भ हुनेछ ।आज युक्रेन पहिलो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पनि पहिलो जीतको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।
युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।समूह बी अन्तर्गतको बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजेदेखि प्रारम्भ हुनेछ ।बेल्जियम आज लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ ।पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ । डेनमार्क भने पहिलो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।

आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सी मा रहेका यी दुई टिमबीचको खेल राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ । नेदरल्यान्ड्स लगातार दोस्रो जीत निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read