Home समाचार आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीवार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र १ नम्बर प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

बिहीवार देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले ती प्रदेशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read