Homeसमाचारयी हुन् कोभिड संक्रमण र मृत्यु धेरै भएका टप १० देशहरू

यी हुन् कोभिड संक्रमण र मृत्यु धेरै भएका टप १० देशहरू

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ८६ हजार ९२५ जना संक्रमित भएका छन् भने ६ लाख २८७ को मृत्यु भएको छ । भारतमा दुई करोड ९६ लाख ३३ हजार १०५ जना संक्रमित भएका छन् । त्यस्तै तीन लाख ७९ हजार ५७३ को मृत्यु भएको छ ।

ब्राजिलमा एक करोड ७५ लाख ३३ हजार २२१  जना संक्रमित भएका छन् । चार लाख ९० हजार ६९६ को मृत्यु भएको छ । फ्रान्समा ५८ लाख ६ हजार ४१८ जना संक्रमित भएका छन् । त्यस्तै एक लाख १० हजार ६९२ को मृत्यु भएको छ ।

टर्कीमा ५३ लाख ४२ हजार २८ जना संक्रमित भएका छन् । ४८ हजार ८७९ जनाको मृत्यु भएको छ । रुसमा ५१ लाख ८९ हजार २६० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख २५ हजार ४४३ मृत्यु भएको छ । बेलायतमा ४५ लाख ९६ हजार ९९४ जना संक्रमित भएका छन् भने एक लाख २८ हजार १८१ जनाको मृत्यु भएको छ ।

इटालीमा ४२ लाख ४७ हजार ३२ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार १०१ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४१  लाख ७२ हजार ७४२ जना संक्रमित भएका छन् भने ८६ हजार ६१५ जनाको मृत्यु भएको छ । त्यसैगरी कोलम्बियामा ३८ लाख २ हजार ५२ संक्रमित भएका छन् भने ९६ हजार ९६५ जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read