सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, खोज तथा उद्धार जारी

0
298

अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारीअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

‘मेलम्चीमा अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन। मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा र मेलम्चीका पुलहरु बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here