Home समाचार मेलम्चीमा होटलको छतमा दुई युवा अलपत्र, ज्यान बचाउन गुहार माग्दै

मेलम्चीमा होटलको छतमा दुई युवा अलपत्र, ज्यान बचाउन गुहार माग्दै

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले मेलम्चीको रोज होटलको छतमा दुई युवा अलपत्र परेका छन् । होटल वरिपरी बाढी आउँदा उनीहरू छतमा बसेर उद्धारको पर्खाइमा रहेका त्यहाँ रहेका पत्रकार आदित्य दाहालले बताएका छन् ।

मेलम्ची नदीको बाढीले होटल वरिपरीबाट खोला बगिरहेको छ । होटलको छतसम्म पानी पुगेको छैन । होटल कतिबेला भत्किने हो टुंगो नभएकोले तत्काल उनीहरूको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने स्थानीयको भनाई छ ।

तर बाढीले गर्दा विद्युत अवरुद्ध भएपछि मेलम्चीमा मोबाइल फोनमा समेत सम्पर्क गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read