Homeसमाचारमेलम्चीमा बाढीले ५० जना बेपत्ता, ५ बजार क्षेत्र अस्तव्यस्त, ६ पक्की पुल...

मेलम्चीमा बाढीले ५० जना बेपत्ता, ५ बजार क्षेत्र अस्तव्यस्त, ६ पक्की पुल बगे, सप्तकोशी नदी आसपासमा पनि खतरा

अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् । बाढीले एउटा बजार र ६ वटा पक्की पुल बगाएको छ । ५ बजार क्षेत्र अस्तव्यस्त भएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।

जिल्लाको  तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको  स्वास्थ्यमन्त्री शेर बहादुर तामागंले जानकारी दिए । वाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल पूर्ण रुपमा क्षति भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त हुँदा अबौं रकमको क्षति भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बो लामाले मेलम्चीको सुरुङमा पठाइएको पानी मंगलबारबाट खोलामा खसालिएकाले बहाव बढेको दाबी गरेका छन्। उनले बाढी ठूलो धनजनको क्षति पुर्‍याएको बताए।

लामाले भने, ‘‘पाँच बजे सुरुङ खोलेर खोलापट्टि पानी पठाएछन्। त्यहीबेला ढ्याम साइडबाट पहिरो पनि झरेछ। ६ बजेबाट ठुलै बाढी गएछ। हेलम्बुको सात जना बेपत्ता छन्। मेलम्चीको चार जना बेपत्ता। स्थिति बेहाल छ। यो मेलम्ची खानेपानीको गल्ती हो। उद्धारको कुनै कुरा छैन।’
हेलम्बु १ का वडाध्यक्ष मिङ्मार लामाले बाढी अझै ठूलो भएको बताए। माछा फर्ममा काम गर्ने दुई जना बेपत्ता भएको जानकारी आफूले पाएको उनले बताए।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् ।मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनियाँको क्याम्प पनि डुबानमा परेका छन् । हिजो रातको समय भएकाले घटनास्थलमा पुग्न नसकेको प्रहरीले विहानबाट वेपत्ताको खोजी र उद्दार कार्य सुरु गरेको छ ।

अहिलेसम्म मानवीय क्षति पुष्टि भएको छैन । वाढी वढीरहेका कारण सप्तकोशी नदी आसपासका जनतालाई सतर्क रहन अपील गरिएको छ । सरकारले प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेको छ । मन्त्रीका अनुसार प्रभावित क्षेत्रमा  सरकारले  आजै टेण्ट र खाद्यान्न  वितरण गर्नेछ । यसैबीच मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर पुन आज हेलिकोप्टर चढेर स्थलगत अनुगमनमा आउन लागेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read