Home समाचार आगामी ३ दिनको मौसम यस्तो : आज पनि बाढीपहिराेकाे जाेखिम , देशभर...

आगामी ३ दिनको मौसम यस्तो : आज पनि बाढीपहिराेकाे जाेखिम , देशभर पानी पर्ने, लुम्बिनी र गण्डकीमा घनघाेर वर्षा

बुधबार लुम्बिनी र गण्डकी प्रदेशमा घनघोर वर्षा हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर पानी पर्ने छ। जसमध्ये कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने आँकलन गरिएको छ। त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा अति ठूलो पानी पर्ने प्रक्षेपण गरिएको छ । पछिल्ला दिनमा पनि यी प्रदेशमा ठूलो पानी पर्दा बाढीपहिरो गएको छ।

बुधबार राति कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ।बिहीबार देशभर बदली रहने र देशका अधिकांश स्थानमा वर्षाको आँकलन गरिएको छ। मनसुन सुदूरपश्चिमसम्म सक्रिय रहनेछ। राति सुदूरपश्चिम र बागमती मात्र नभइ प्रदेश १ मा पनि ठूलो पानी पर्ने आँकलन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर बदली रहनेछ, भने देशका अधिकांश स्थानमा पानी पर्नेछ। जसमा सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने छ।

वर्षाले बाढीपहिरोका घटना बढाएको छ। निरन्तरको पानीले पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read