पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

0
217

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

उनलाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएको जनाइएको छ । यसअघि पनि कोरोना संक्रमित हुँदा उनी नर्भिक अस्पताल नै भर्ना भएका थिए ।

उपचारपछि कोरोनामुक्त भई उनी घर फर्किएका थिए । घरमै कसिरहेका उनलाई फेरि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here