Home स्वास्थ्य समयअगावै किन फुल्छ कपाल ? बच्ने कसरी ?

समयअगावै किन फुल्छ कपाल ? बच्ने कसरी ?

लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ ।

उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको समस्या बन्दै आएको छ । पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ ।

उमेर अगावै कपाल फुल्दा धेरैलाई हैरानी हुने गर्दछ । कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर बढ्दै जादा कपालको रंगमा ह्रास आउँदै जान्छ र कपालको सेतो हुन्छ । यो प्राकृतिक प्रक्रिया हो ।

तर आजकलको जीवनशैलीका कारण युवा र बच्चाको समेत कपाल फुल्ने समस्या छ । यहाँ हामी कपाल सेतो हुने कारण बताउँदैछौं जसलाई ध्यान दिनुभयो तपाईंको कपाल असमयमै फुल्दैन ।

मेलेनिन
हाम्रो कपालमा मेलेनिन नामक तत्त्व हुन्छ जसले कपालको रंग कालो राखिराख्न मद्दत गर्छ । उमेर बढ्दै जाँदा मेलेनिन बन्न कम हुन्छ र कपाल सेतो हुन थाल्छ । भोजनमा पौष्टिक तत्त्वको कमी हुँदा कपाल मेलेनिन बन्न पाउँदैन ।

भिटामिन
भिटामिन बी १२ कपाललाई कालो बनाउनका लागि जरूरी छ । दुग्धपदार्थ र माछामासुमा यो तत्त्व उपलब्ध हुन्छ ।

आनुवंशिकता
कपाल असमयमा फुल्नुमा हाम्रा जिनहरू पनि जिम्मेवार छन् । माता वा पितामध्ये एकको पनि कम उमेरमै कपाल फुल्न थालेको रहेछ भने सन्तानको कपालमा मेलेनिनको कमी भएर फुल्न थाल्छ ।

आहार
भिटामिन र मिनरलले भरिपूर्ण भोजनले कपाललाई कालो बनाउन मद्दत गर्छ । जंक फूड र धेरै तारेको डढेको खाने व्यक्तिको कपाल छिट्टै फुल्छ ।

थाइरोइड
शरीरमा भएको थाइरोइड ग्रन्थिबाट निस्कने हर्मोन कम मात्रामा बन्दा पनि कपाल सेतो हुने सम्भावना बढ्छ ।

मानसिक तनाव
मानसिक तनाव लिने व्यक्तिहरुमामा पनि कपाल फुल्ने समस्या देखिन सक्छ।

बिशेषज्ञहरुका अनुसार रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ भने पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्ने गर्दछ । मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ भने जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।सौन्दर्य प्रसाधन सामग्रीको अत्यधिक प्रयोग,कडा पानीले पनि कपाल छिट्टो फुलाउने साधन हुन् ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read