HomeUncategorizedमौसमविद्को आग्रह : धेरै स्थानमा भारी वर्षाको सम्भावना छ, सतर्क रहनोस्

मौसमविद्को आग्रह : धेरै स्थानमा भारी वर्षाको सम्भावना छ, सतर्क रहनोस्

मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

दिउँसो देशका धेरै  स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाको अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, साँझ प्रदेश १ ,गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेकोले त्यस स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भू–भागहरु प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको छ।  एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read