Home खेलकुद शिखर धवनको कप्तानीमा श्रीलंकाको भ्रमणका लागि भारतीय टीमको घोषणा

शिखर धवनको कप्तानीमा श्रीलंकाको भ्रमणका लागि भारतीय टीमको घोषणा

आगामी जुलाई महिनामा श्रीलंकाको विरुद्ध हुन लागेको एक दिवसिय तथा टी२० सीरीजका लागि भारतीय टीमको घोषणा गरिएको छ ।टीममा शिखर धवनलाई टीमको कप्तानमा नियुक्त गरिएको छ । तीब्र गतिका बलर भुवनेश्वर कुमारलाई उप–कप्तान बनाइएको छ ।

यसपटक टीममा थुप्रै नयाँ खेलाडीहरुलाई मौका दिइएको छ ।देवदत्त पेडिकलदेखि लिएर ऋतुराज गायकवासम्म, त्यस्ता थुप्रै खेलाडीहरुलाई टीममा समावेश गरिएको छ, जसले आईपीएलमा उत्कृष्ट प्रदर्शन दिएका छन् ।यो टीममा ब्याटिङको जिम्मेवारी शिखर धवन, पृथ्वी शा, देवदत्त पडिकल, ऋतुराज गायकवाल, सूर्यकुमार यादव, ईशान किशन, मनीष पाण्डे, सञ्जू साम्सनको काँधमा सुम्पिइएको छ ।

बलिङतर्फ भुवनेश्वर कुमारसहित कुलदीप यादव, चेतम सकारिया, नवदीप सैनी, दीपक चहर, वरुण चक्रवर्ती तथा युजवेन्द्र चहललाई जिम्मेवारी सुम्पिएको छ ।टीमलाई सन्तुलित बनाउने क्रममा अलराउण्डरहरुलाई पनि महत्व दिइएको छ ।हार्दिक पाण्ड्या चोटपछि टीममा फर्किएका छन् ।

रोचक कुरा के छ भने यसपटक भारतीय टीमले एक साथ दुई सीरीज खेल्दैछ ।एकतिर विराट कोहलीको कप्तानीमा इङ्ल्याण्डमा न्यूजील्याण्डविरुद्ध आईसीसी वल्र्ड टेस्ट च्याम्पियनशिपको तयारी भैरहेको छ भने अर्कोतिर शिखर धवनको नेतृत्वमा श्रीलंकाको टूर खेलिंदैछ ।यो एउटा त्यस्तो घटना हो, जुन पहिलो पटक देखिंदैछ ।

भारतीय टीमको श्रीलंका यात्रा १३ देखि २५ जुलाईको बीचमा हुनेछ ।यसक्रममा तीन वटा एक दिवसीय तथा टी२० खेलिने छ ।जुलाईको १३, १६ तथा १८ मा एक दिवसीय खेल खेलिंदैछ भने जुलाईको २१, २३ तथा २५ का दिन टी२० खेल खेलिने तालिका सार्वजनिक भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read