Homeसमाचारमन्त्रिपरिषद पुनर्गठनः गृह सहित सात मन्त्री र एक राज्यमन्त्रीलाई शपथ दिलाइँदै

मन्त्रिपरिषद पुनर्गठनः गृह सहित सात मन्त्री र एक राज्यमन्त्रीलाई शपथ दिलाइँदै

कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको भए पनि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठनमा आठ जनाले जिम्मेवारी पाएका छन् । जसमा सात मन्त्री र एक जना राज्यमन्त्री बनेका छन् ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिएका हुन् । उनीहरुको चार बजे शपथ गरिने छ ।

मन्त्रीमा नियुक्त गरिएका खगराज अधिकारी गृह, नैनकला थापा (बादल पत्नी)सञ्चार, नारदमुनि राना वन, ज्वालाकुमारी शाह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ बिनाविभागीय र आशा विक वन राज्यमन्त्री रहनुभएको स्रोतको दावी छ ।

यसअघि २५ जेठमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्रीलाई मन्त्री बनाउनुभएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read