Homeसमाचारराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच गएराति साढे २ घण्टा वार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच गएराति साढे २ घण्टा वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गएराति भेटवार्ता भएको छ।उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो। साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए।

सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ।

यसबाहेक गण्डकी प्रदेशको विवाद पेचिलो बन्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा नै भंग गर्ने मनस्थितिमा पुगेका छन्। यसका सम्बन्धमा पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बताइएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read