Home अन्तर्राष्ट्रिय यी हुन् संसारका सबभन्दा धेरै पुस्तक लेख्ने मानिस, लेखिसके १ हजार ७५...

यी हुन् संसारका सबभन्दा धेरै पुस्तक लेख्ने मानिस, लेखिसके १ हजार ७५ किताब !

ब्राजिली लेखक र्‍योकी इनुएले संसारमा सबभन्दा धेरै किताब लेखेर कीर्तिमान बनाएका छन् । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका इनुएले अहिलेसम्म १ हजार ७५ वटा पुस्तक लेखिसकेका छन् ।उनले आफ्नै नाममा अनि ३९ वटा छद्मनाममा पुस्तकहरू प्रकाशन गरेका हुन् ।

पोर्चुगाली भाषामा कलम चलाउने इनुएको आफ्नै वेबसाइट समेत छ । एउटा किताब नसकुन्जेल उनी दिनरात नभनी लेख्ने गर्छन् । सेक्वेसरियो फास्ट फूड नामक पुस्तक उनले जम्मा एक रातमा लेखेर सकेका हुन् । उनको यस प्रचुर रचनाशक्तिका बारेमा उनी बताउँछन्, ‘पुस्तक रचना गर्नु भनेको ९८ प्रतिशत मेहनत, १ प्रतिशत प्रतिभा र १ प्रतिशत भाग्य हो । आफूलाई अनुशासित गर्नु पनि अत्यन्त आवश्यक छ । म एउटा पुस्तक लेख्न कम्प्युटरमा बसेपछि नसिध्याइकन प्रायः उठ्दिनँ ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read