Home समाचार पेन्सन अब सोझै बैंक खातामा पठाइने

पेन्सन अब सोझै बैंक खातामा पठाइने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) विद्युतीय कोष हस्तान्तरण (ईएफटी) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा पठाउने व्यवस्था गरिएकाे छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयले विगतमा बैंक लेखापढी र बैंककाे केन्द्रीय प्रणालीमार्फत पठाउँदा धेरैसमय लाग्ने गरेकाले अब साेझै खातावालाकाे खातामा साेझै रकम पठाउने व्यवस्था गरेकाे जनाएकाे छ ।

यसबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ करिब २ लाख ७६ हजार सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरुका लागि झण्डै ४ अर्ब निवृत्तिभरणका लागि निकासा हुन्छ । हाल निवृत्तिभरण व्यवस्थापन कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत यो रकम कर्मचारीको घरपायक स्थानको बैङ्कमा पठाउने गरेको छ ।

याे प्रणालीमार्फत केही दिनमै अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारीको खातामा रकम पठाइने निवृत्तिभरण व्यवस्थापन कार्यालयका शाखा अधिकृत राजभाइ श्रेष्ठले बताए ।

निवृत्तिभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने अपेक्षा गरिएकाे छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read