Home Uncategorized राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुहोस

राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुहोस

दोस्रो लहरको कोरोना संक्रमणका कारणले निषेधाज्ञा जारी छ । मान्छेहरु घरमै दिन बिताइ रहेका छन् । घरमै बसिरहदा,बाहिर कतै घुम्न निस्किन नपाउदा एक्लै भैरहदा, यस्तो अवस्थामा असहज महसुस, मनोपिडा, चिन्ता, डर, बेचैन जस्ता समस्या देखिन सक्छ । जसकारणको प्रत्यक्ष असर निद्रामा परिरहेको हुन्छ । त्यसैले राती अबेरसम्म निद्रा नलाग्ने, बिच बिचमा निद्रा खुल्ने जस्ता समस्या देखिन्छन् । यी समस्याबाट बच्नका लागि यसो गर्नुहोस :

– धेरै नआत्तिने, चिन्ता नलिने ।

– चिन्ता हटाउनका लागि बिहान बेलुका योग तथा व्यायाम गर्ने ।

– प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने ।

– निद्रा लागेन भनेर त्यसैमा चिन्ता नलिने ।

– राति अबेरसम्म ४–५ दिनसम्म पनि निद्रा लागेन भने चिकिस्तकको सल्लाहअनुसार औषधि सेवन गर्ने ।

– आफूलाई निद्रा नलाग्ने कारक तत्व के हो त्यसको पहिचान गरेर समाधान गर्ने ।

– आत्मबल बढाउने ।

– सुत्नुअघि मनतातो पानीमा हल्का नुन राखेर १० देखि १५ मिनेट खुट्टा डुबाउँदा पनि निद्रा लाग्न मद्धत गर्छ ।

– सुत्नुअघि आफूलाई मनपर्ने पुस्तक पनि पढ्न सकिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read