Home स्वास्थ्य खोप लगाउन जाँदा के कुरामा ध्यान दिनुपर्छ ?

खोप लगाउन जाँदा के कुरामा ध्यान दिनुपर्छ ?

कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ ।

सुरुमा ६० देखि ६४ वर्षका देशभरका नागरिकले यो खोप पाउने भनिए पनि अन्तिम समयमा आएर केही फेरबदल गरिएको छ । काठमाडौं उपत्यकाबाहेक देशभरिका अन्य जिल्लामा ६२, ६३ र ६४ वर्षका व्यक्तिलाई मात्रै यो खोप दिइने छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा के–के कुरा ध्यान दिनुपर्छ भनेर जनचेतनामूलक सूचना जारी गरेको छ । मन्त्रालयले खोप लगाउन जाँदा यसरी ध्यान दिन आग्रह गरेको छ :

– खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यालय वा पालिकाले जारी गरेका सूचना हेरेर अथवा सम्पर्क गरेर नजिकको खोप केन्द्रमा जानु पर्छ ।

– आफ्नो नाम, उमेर र ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जानुपर्छ ।

– नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्क लगाउनु पर्छ ।

– सम्भव भएसम्म छोटो बाहुला भएको र अलि खुकुलो कपडा लगाउनुपर्छ ।

– खोप लगाउन जाँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ । सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्नुपर्छ ।

– खोप लगाउन लाइन बस्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम राख्नुपर्छ ।

– खोप लगाउने बेलामा पनि मास्क लगाइराख्नु पर्छ ।

– खोप लगाएपछि आधा घण्टाजति खोप केन्द्रमै बस्नुपर्छ । सो पनि समयमा पनि दुई मिटरको दूरी कायम गर्नुपर्छ ।

– घर फर्किएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read