Home समाचार डेनमार्कले नेपाललाई १४ लाख खोप अनुदानमा दिने

डेनमार्कले नेपाललाई १४ लाख खोप अनुदानमा दिने

डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।
‘डेनिस सरकारले युनिसेफमार्फत खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको छ। उक्त पत्रपछि यताबाट युनिसेफमा पत्र फर्वार्ड भइसकेको छ’, उनले भने, ‘अब युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने छ।’ डेनमार्क सरकारले एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने कुरा पत्रमा लेखिएको छ ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read