Homeखेलकुदसन्दीप लामिछानेले इङ्गल्याण्डको भाइटालिटी ब्लास्ट क्रिकेट खेल्न नपाउने

सन्दीप लामिछानेले इङ्गल्याण्डको भाइटालिटी ब्लास्ट क्रिकेट खेल्न नपाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इङ्गल्याण्डमा आयोजना हुने भाइटालिटी टी–२० ब्लास्ट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

भिसा आउन ढिलाइ भएपछि सन्दीपले उक्त प्रतियोगिता गुमाउने भएका हुन् । उनको भिसा आउन ढिलाइ भएका कारण सन्दीपले प्रतियोगिता गुमाउने उनका म्यानेजर रमन शिवाकोटीले बताए । सम्झौताअनुसार प्रतियोगिताको शुरुआतबाटै सन्दीप २६ देखि २७ मेसम्म इङ्गल्याण्ड पुग्नु पर्दथ्यो ।

प्रतियोगिता ९ जुनदेखि शुरु हुँदैछ । त्यसका लागि क्वारेन्टिनको समय ५–६ दिन लाग्ने भएकाले अब सहभागीता जनाउन सम्भव हुने छैन ।

पहिलो पटक भाइटालिटी ब्लास्ट खेल्ने योजनामा रहेका सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीपले यसपछि हुने द हन्ड्रेड क्रिकेटका लागि भने इङ्गल्याण्ड जानेछन् । द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read