Home समाचार मध्यरातमा उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : मेरो अभिव्यक्तिको गलत प्रचार भयो

मध्यरातमा उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : मेरो अभिव्यक्तिको गलत प्रचार भयो

उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा महतोले ‘नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने’ आन्दोलन जारी रहेको बताएका थिए। यसको चर्को विरोध भएपछि उनले गएराति प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइ बंग्याएको जनाएका छन्।

उपप्रधानमन्त्री महतोले भनेका छन्, “हिजाको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।”

आफूले संविधानको धारा ३ बमोजिम नै अभिव्यक्ति दिएको बताएका छन्। “मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको शुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने आश व्यक्त गरेको हुँ,” महतोले भनेका छन्।

आफूले संविधान अनुसार नै बोलेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्। महतोले भनेका छन्, “म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु।”

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read