Home समाचार मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्रीहरूको बरियताक्रम यस्तो

मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्रीहरूको बरियताक्रम यस्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गर्दै तीन उपप्रधानमन्त्रीसहित १७ सदस्यलाई जिम्मेवारी बाँडफाँट गरेका छन् । एमालेका ७ र जसपा नेपालका १० जना गरी मन्त्रिपरिषदमा १७ जना सामेल छन् । तीमध्ये दुईजना राज्यमन्त्री छन् ।उनले एमालेका अधिकांश मन्त्रीहरुलाई जसपाका मन्त्रीहरुद्वारा विस्थापित गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि निरन्तरता पाएका छन्।ओेलीले एमालेबाट रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ भने जसपाबाट शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएकी छिन्।

मन्त्रिपरिषद सदस्यको वरीयतामा प्रधानमन्त्री ओलीले दोस्रो नम्बरमा आफ्नै विश्वासपात्र विष्णु पौडेललाई राखेका छन् । तेस्रो वरियतामा भने अर्का उपप्रधानमन्त्री रघुवीर महासेठ छन् । जसपा नेपालको एउटा पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी भएका राजेन्द्र महतोले भने मन्त्रिपरिषदमा चौथो वरीयता पाएका छन् । जसपा नेपालकै शरतसिंह भण्डारी पाँचौ वरीयतामा छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read