Homeफिल्मसेलिब्रेटीटिकटकको कमाईले चार सय भोकालाई खाना खुवाईन गरिन गरिमाले

टिकटकको कमाईले चार सय भोकालाई खाना खुवाईन गरिन गरिमाले

पछिल्लो समय युवापुस्ता माथै नभई बुढाबुढी र बच्चाबच्ची पनि टिकटकमा आकर्षित छन। फुर्सदको समयलाई सदुपयोग गर्न दिनानुदिन नेपालमा पनि टिकटक प्रयोगकर्ता बढ्दो छन।हुन त टिकटकले धेरै कलाकार, मोडल जन्माईसक्यो र केहिले चलचित्रमा पनि अभिनय गरिसकेका छन पनि।

गरिमा शर्मा पनि टिकटकमा निकै नै पपुलर प्रयोगकर्ता हुन। पछिल्लो समयमा उनले धेरै नै म्युजिक भिडियो समेत खेलिसकेकी छिन। टिकटक प्रयोगकर्ता भएरै आफ्नो कला तथा अभिनय निखारेर म्युजिक भिडियोमा समेत लगभग जमिसकेको नाम हो गरिमा शर्मा।

तर, टीकटक मनोरञ्जनको लागि मात्र नभएर कसैका लागि समाजसेवाको गतिलो माध्यम बनेको छ । म्युजिक भिडियोको चर्चित नाम गरिमा शर्माले भने टीकटक एपलाई सहयोगी हातको माध्यम बनाएकी छिन् ।अहिले लकडाउन छ। म्युजिक भिडियोको काम पनि लगभग ठप्पै छ।लकडाउन अगाडी नै छायांकन गरिएका म्युजिक भिडियोहरु रिलिज हुनु बाहेक नयाँ म्युजिक भिडियोहरु बन्न सकेका छैनन।

टिकटकको कमाईले ४०० जना भोकालाई गरिमाले गत आइतबार खाना खुवाएकी छिन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टीम नेपाललाई १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ’ टीकटकबाट आएको कमाइबारे उनले भनिन् ।

पछिल्लो समय सेलेव्रिटीले महामारीबाट प्रभावितलाई सहयोगी हात अघि बढाइरहेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read