HomeUncategorizedआज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध : हेर्नुहोस ३...

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध : हेर्नुहोस ३ दिनको मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाबाट बुधवार बिहान प्रकाशित मौसम पूर्वानुमान बुलेटिन अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने छ ।

प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र तराई भू–भागका १–२ स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधवार राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने जनाइएको छ । प्रदेश १ लगायत पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८-०२-१९ विहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १ लगायत पहाडी भु-भागमा आंशिक बदली र देशका अन्य भू-भागहरु मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १९ गते (बुधबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भु-भागका एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २० गते (बिहिबार)

दिउँसो: प्रदेश १ र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २१ गते (शुक्रबार)

दिउँसो: पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read