Homeस्वास्थ्यनेपालमा कालो ढुसी 'ब्ल्याक फंगस'का बिरामीहरू बढ्दै, यसका लक्षण र रोकथामका उपायहरू

नेपालमा कालो ढुसी ‘ब्ल्याक फंगस’का बिरामीहरू बढ्दै, यसका लक्षण र रोकथामका उपायहरू

कोभिड –१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकोर्माइकोसिस) को संक्रमण नेपालमा अहिले केही मानिसहरूमा पुष्टि भएको छ ।यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक हुनसक्ने भएकोले समयमा नै ध्यान पुर्याउनु आवश्यक छ ।

कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा कालो ढुसीको संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको समाचारहरू आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कालो ढुसीको लक्षण र यसबाट बच्ने उपायहरूबारे बताएको छ । जुन यस्तो छ :

कालो ढुसीको सामान्य प्रारम्भिक लक्षणहरू

अनुहार, मुख, नाक र आँखा वरिपरि दुख्ने ।

ज्वरो आउने ।

आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।

नाकको वरिपरिको छालाको रङ्ग कालो हुँदै जाने, रगत बाग्ने, बाँक्लो सिँगान आउने ।

आँखाको ढकनी सुन्निे र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।

दाँत दुख्ने वा हल्लिने ।

उच्च जोखिम भएका व्यक्तिहरू

कोभिड – १९ उपचारका क्रममा स्टेरोइड प्रयोग गर्ने व्यक्तिहरू ।

चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरू ।

मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू ।

घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरू

सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।

नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

घर बाहिर वा फोहोरमा काम गर्नुपरे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।

धेरै धूलो भएको वा ओसिलो ठाउँमा नजाने ।

नुनिलो पानीले नाक सफा गर्ने ।

पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।

मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।

स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read