HomeUncategorizedऔंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?

औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?

मुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ ।

हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार विचार गर्नुभएको छ ? कुन औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ, थाहा पाइराख्नुस् ।

चोरी औंलीको नङको फेदमा अर्धचन्द्र हुने व्यक्तिले जुन क्षेत्रमा हात हालेपनि सफलता प्राप्त गर्छ । यस्ता व्यक्ति चरम महत्वाकांक्षी हुन्छन् । आफ्नै मेहनतबाट उनीहरू सफल हुन्छन् ।

माझी औंलीको नङमा अर्धचन्द्राकार हुने व्यक्तिले अचानक धनलाभ पाउने सम्भावना हुन्छ । तर माझी औंला शनिसँग सम्बन्धित भएकाले सामान्यतया यस्तो व्यक्तिलाई जे कुरा पनि ढिलो प्राप्त हुन्छ चाहे त्यो सम्पत्ति होस्, चाहे श्रीमती ।

अनामिका औंलाको नङमा अर्धचन्द्र हुने व्यक्तिको जीवनमा मानसम्मान, पद प्रतिष्ठा र सबै परीक्षामा सफलता प्राप्त हुन्छ । सूर्यसँग सम्बन्धित हुनाले यो औंलामा अर्धचन्द्र हुँदा राजनीति, सरकारी जागिर र चिकित्सा लगायतका क्षेत्रमा प्रगति हुन्छ ।

कान्छी औंला बुध ग्रहसँग सम्बन्धित छ । बुध व्यापार, संगीत र उद्घोषणका लागि अनुकूल ग्रह हो । कान्छी औंलामा अर्धचन्द्रकार हुने व्यक्तिले माथि लेखिएका क्षेत्रमा प्रगति गर्छन् ।

बुढी औंलाको नङको फेदमा अर्धचन्द्राकार हुने व्यक्तिमाथि शुक्र ग्रहको कृपा हुन्छ । त्यस्तो व्यक्तिले भौतिक सुखसम्पदा प्राप्त गर्छ र अभिनयको क्षेत्रमा प्रगति गर्छ । यिनीहरूको इच्छाशक्ति मजबुत हुन्छ ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read