Home स्वास्थ्य सुर्तीजन्य पदार्थकाे सेवन : प्रतिघण्टा तीन जनाले गुमाउँछन् ज्यान

सुर्तीजन्य पदार्थकाे सेवन : प्रतिघण्टा तीन जनाले गुमाउँछन् ज्यान

सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षदेखि सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको हो। आगामी वर्षको कर वृद्धिदर पछिल्लो पाँच वर्ष यताकै बढी हो। यसअघि सुर्तीजन्य पदार्थमा रहेको झण्डै ३० प्रतिशतबाट बढेर झण्डै ३८ प्रतिशत नजिक पुगेको छ। तर, पनि अपेक्षाकृत रुपमा वृद्धि हुन नसकेको विज्ञहरू बताउँछन्।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ। तथ्यांकअनुसार ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्ने मानिसले खाएको चुरोटको असरको कारणले मृत्यु हुने गर्दछ।

डब्ल्यूएचओले जनधनको क्षति कम गर्न सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ। विज्ञहरूले नेपालजस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशत भन्दा माथि पुर्‍याउनु पर्ने बताउँदै आएको छ। डब्ल्यूएचओको मापदण्डअनुसार कम्तीमा ७० प्रतिशत पुग्नै पर्छ भने पनि त्यो अनुसार नभएको उनको गुनासो छ।

अघिल्लो वर्ष ७० एमएमसम्मको फिल्टर चुरोटमा प्रति एम एक हजार १३५ रूपैयाँ कर तोकिएको थियो। यो वर्ष सो बढेर एक हजार ४१८ रूपैयाँ पुगेको छ।यस्तै ७० एमएमको फिल्टर नभएको चुरोटमा अघिल्लो वर्ष प्रतिएम ४९५ रूपैयाँ तोकिएकोमा यो वर्ष ६१८ रूपैयाँ पुर्‍याइएको छ। विश्व स्वास्थ्य संगठन जनधनको क्षति कम गर्न सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ।

एनडीआरआईको तथ्यांकअनुसार प्रत्येक वर्ष २७ हजार १३७ जना अर्थात् प्रतिघण्टा तीन जनाले सुर्तीजन्य पदार्थको कारणले ज्यान गुमाइरहेका छन्। कुल संख्याले नेपालको जम्मा मृत्युको १४ दशमलव ९ प्रतिशत ओगटेको छ।

२०२० मा मात्रै चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारका लागि बिरामीको खर्च र उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्युसमेत जोड्दा प्रत्येक वर्ष ४० अर्ब खर्च हुने गरेको छ। चुरोट बिँडीबाट संकलन भएको राजस्व भने साढे १८ अर्ब मात्रै भएको तथ्यांक छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read