Homeस्वास्थ्ययी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन

यी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन

कोरोना भाइरसको दोस्रो लहरले संक्रमितलाई श्वासप्रश्वासमा प्रत्यक्ष असर गरिरहेको छ । साथै, अक्सिजनको मात्रा कम भएर अधिकांश व्यक्तिलाई आईसियू वा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । तर, हामीले बेलैमा होसियारी अपनाएर नियमित योग अभ्यास गरेको अवस्थामा भने शरीरमा अक्सिजनको कमी हुन पाउँदैन । त्यसो त यहाँ अक्सिजनको कमी हुन नदिने प्राकृतिक उपाय के–के हुन् ? भन्ने विषयमा योग गुरु भानुभक्त दाहालले दिएको सुझाव यस्तो छ :

योग अभ्यास तथा प्राणायाम

सुर्य नमस्कार

सुर्य नमस्कारमा धेरै वटा अभ्यासहरु हुन्छ । लामो सास लिने एकछिन रोकेर राख्ने र बिस्तारै छोड्ने कार्य पनि सुर्य नमस्कारकै एउटा अभ्यासमा पर्छ । श्वासप्रश्वासको मात्रा मिलाउँदा पुरै शरीरको व्यायाम हुन्छ । यसले शरीरमा अक्सिजनको कमी हुन दिदैन र यो योगासनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

चन्द्रभेदी प्राणायाम

देब्रे नाकबाट श्वास तान्ने दाइनेबाट छोड्ने प्रकृयालाई चन्द्रभेदी प्राणायाम भनिन्छ । यसले श्वासप्रश्वासलाई सजिलो बनाउनुको साथै संक्रमितलाई ज्वरो आएको छ भने पनि कम गर्छ । यसको नियमित अभ्यासले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र श्वासप्रश्वासमा पनि समस्या हुँदैन ।

अनुलोम विलोम प्राणायाम

शरीरमा अक्सिजनको मात्रा ९५ भन्दा बढी हुनुपर्ने हुन्छ । यसको लागि अनुलोम विलोम पनि एउटा राम्रो उपाय हुन सक्छ । यसका लागि पलेटी कसेर मेरुदण्ड सिधा पारेर बस्ने र नाकको दुई प्वाल मध्ये एकबाट हावा लिएर अर्कोबाट छोड्ने गरिन्छ । अनुलोम विलोम गर्दा शरीरको क्षमता अनुसार निरन्तर ३ देखि ५ मिनेट गर्नुपर्छ । यसको अभ्यासले मस्तिष्कमा समेत अक्सिजन पुग्ने भएकोले संक्रमितहरु मानसिक रुपमा समेत स्वस्थ हुन सक्छन् ।

मुखा धौटी प्राणायाम

सर्वप्रथम नाकबाट गहिरो श्वास तान्ने अनि पेट खुम्चने गरि निहुरिने र भित्र भएको श्वास आवाज निकालेर बाहिर निकाल्ने । फेरि गहिरो श्वास तान्ने र अगाडी निहुँरिदै निहुँरिदै श्वास फाल्दै गर्ने प्रकृयालाई मुखा धौटी प्राणायाम भनिन्छ । यसो गर्दा शरीरमा अक्सिजनको कमी हुँदैन । संक्रमितलाई सास फेर्न पनि सजिलो महसुस हुन्छ ।

भस्त्रिका प्राणायाम

संक्रमण भर्खरै सुरु भएको छ र शरीरिक स्थिती नाजुक भएको छैन भने यो प्राणायाम अभ्यासले संक्रमण शरीरमा फैलिन दिँदैन । अगााडी निहुरिएर तलमाथि गर्दै सास छिटो–छिटो फेर्ने अभ्यासलाई भस्त्रिका भनिन्छ । यो योग अभ्यासले संक्रमितलाई श्वासप्रश्वासमा समस्या हुँदैन र छिटो संक्रमणमुक्त हुन पनि सकिन्छ । निको हुने सम्भावना पनि बढी हुन्छ ।

कपालभाती प्राणायाम

कपालभाती प्राणायाम गर्दा सर्वप्रथम सिद्धासन वा वज्रासनमध्ये कुनैपनि आसनमा बस्नुपर्छ । कपालभाती भनेको भित्रको श्वास बाहिर छाड्ने प्रक्रिया हो । यद्यपि आफ्नो पेटलाई धक्का दिएर अर्थात संकुचित गरेर भित्रको श्वास बाहिर फ्याक्नुपर्छ । यस क्रममा श्वास बाहिर निकाल्ने मात्र हो, भित्र तान्नु पर्दैन । किनभने यो क्रियामा स्वतः सास भित्र प्रवेश गर्छ । कपालभाती प्राणायामले शरीरभित्र शुद्ध अक्सिजन पु¥याउन सहयोग गर्छ । फोक्सोको कार्य क्षमतालाई पनि बलियो बनाउँछ ।

प्राकृतिक उपाय

पानीको बाफ

एउटा ठिक्कको भाँडामा उम्लेको पानी लिएर टाउकोलाई बाक्लो तौलीयाले ढाक्ने र भाँडाभन्दा ३० सेन्टिमिटरको दूरीमा बसेर बाफ लिनुपर्छ । पानीको बाफ लिदा पनि श्वासप्रश्वासमा अलि सहजता हुन्छ । पानीको बाफ लिँदा पनि तरिका जान्नुपर्छ । त्यसका लागि एकछिन नाकबाट श्वास लिने, त्यसपछि नाक र मुखबाटै बाफ लिने र श्वास बहिर निकाल्दा नाक मुख दुवै वा नाक बाट मात्र श्वास निकाल्नुपर्छ । यसो गर्दा संक्रमण बढ्दैन साथै श्वासप्रश्वासमा पनि सजिलो हुन्छ । साथै, अक्सिजनको कमी पनि हुन पाउँदैन ।

जलनेती

कोरोना संक्रमण भइसकेको अवस्था वा सामान्य अवस्थामा एक हप्ता नियमित जलनेती गरियो भने संक्रमण फोक्सोसम्म पुग्न पाउँदैन र श्वास प्रश्वास सम्बन्धि समस्या देखा पर्दैन । यसका लागि मनतातो पानीमा नुन राख्ने त्यस पानीलाई करुवामा राखेर एउटा नाकबाट पानी राख्ने मुखबाट श्वास चलाउने अर्को नाकबाट आफै पानी आउँछ यसरी जलनेती गर्न सकिन्छ । यसको अभ्यासले माइग्रेन, पिनासलाई पनि फाइदा गर्छ । त्यसको साथै नाक, कान घाँटीको समस्यालाई पनि यसले समाधान गर्छ । साथै, शरीरमा पर्याप्त अक्सिजन पनि पुग्न सजिलो हुन्छ ।

-सुमित्रा लुईटेल

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read