नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ बजेटलाई लिएर आफ्नो धारणा राखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बजेट सधैं राम्रो र आनन्द लाग्ने आउने भन्दै नेताहरुलाई व्यंग्य पनि गरेकी छिन् ।
यो पटकको बजेट झन राम्रो र कर्णप्रिय लागेको भन्दै उनले अब एक अर्कालाई सत्तोसराप शुरु हुने बताएकी छिन् । नेताको दिनहुँको किचलोले जनता दिक्क भएको भन्दै उनले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्नुपर्ने भन्दै व्यंग्य गरेकी छिन् ।
उनले भनेकी छिन् – “बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ, तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने!”
शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबारे जानकारी गराएका थिए ।