Home समाचार आज सोमबार मौसम कस्तो हुनेछ ? यस्तो छ तीन दिनको मौसमपूर्वानुमान

आज सोमबार मौसम कस्तो हुनेछ ? यस्तो छ तीन दिनको मौसमपूर्वानुमान

हाल देशमा पश्चिमी वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव सामान्य रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मुलुकमा वर्षा हुने समय मध्ये ८० प्रतिशत पानी मनसुनमा पर्ने गर्दछ । यसैले पूर्वतयारी गर्नु आवश्यक छ । बाढी पहिरो आउन सक्ने भएकोले मनुसुनको समयमा कम प्रभाव होस भन्न सरकारले आवश्यक कदम चाल्न आवश्यक भएको मौसमविज्ञ बताउँछन् ।
चट्याङ हावाहुरी तथा वर्षा हुने भएकोले सर्तक रहन मौसमविद्हरुले आग्रह गरेको छ ।

प्रदेश नं १ मा पुर्ण बदली हुने देखिन्छ भने देशका अन्य भू– भागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली हुने विभागले जनाएको छ । प्रदेश १.प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

यस्तो छ आगामाी आगामी तीन दिनको मौसम पूर्वानुमान

१७ गते (सोमबार)

दिउँसोमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

१८ गते (मंगलबार)

दिउँसोः देशका अधिकांश भू(भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ र बाँकी पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन र चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकी भुभागमा एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ।

१९ गते (बुधबार)

दिउँसोस् देशका धेरैजसो भू(भागमा आंशिक देखी सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

प्रदेश १ मा रातको समयमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन र चट्याङ्ग सहित प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read