Home अर्थ नेपाल टेलिकमको २२% सेयर सेवाग्राहीलाई बिक्री गरिने

नेपाल टेलिकमको २२% सेयर सेवाग्राहीलाई बिक्री गरिने

सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २२% सेयर ग्राहकहरुलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत टेलिकमको २२% सेयर सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिहरुमा विनिवेश गर्ने घोषणा गरेका हुन् । टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रयोग गर्ने प्रकृतिक व्यक्तिहरुलाई सेयर विनिवेश गर्न लागिएको अर्थमन्त्रीले भनेका छन् ।
हाल सेवा प्रयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकहरुले सेयर खरिदमा समावेश हुन सक्नेछन् । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने अर्थमन्त्रीले जानकारी गराएका छन् । सेयर खरिदमा प्रकृतिक व्यक्तिमात्र सहभागी हुन सक्नेछन् ।epal
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read