Homeखेलकुदआइपिएलका बाँकी खेलहरु युएईमा हुने

आइपिएलका बाँकी खेलहरु युएईमा हुने

इन्डियन प्रिमियर लिगका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ।बिसिसिआईको विशेष साधारणसभाबाट यस्तो निर्णय गरिएको हो। बिसिसिआईका सबै सदस्यहरु आइपिएलका बाँकी खेलहरु युएईमा गर्न सहमत भएका हुन्।

यसअघि भारतमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर आइपिएलका खेलहरु अनिश्चितकालका लागि रोकिएको थियो।केही टिमका खेलाडीहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो।

जारी आइपिएलका पहिलो चरणका २९ खेल भएका छन्। अब ३१ खेल हुन बाँकी छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read