Home स्वास्थ्य उज्वल थापाको उपचारको लागि हालसम्म ५२ लाख ३४ हजार रूपैयाँ संकलन

उज्वल थापाको उपचारको लागि हालसम्म ५२ लाख ३४ हजार रूपैयाँ संकलन

विवेकशील साझाका पूर्व संस्थापक उज्वल थापको उपचारको लागि ५२ लाख ३४ हजार ४१८ रुपैयाँ आर्थिक सहयोग उठेको छ । कोरोना संक्रमणको कारण थापाको अवस्था जटिल बनेपछि उनका शुभेच्छुकले सार्वजनिक अपील गर्दै आर्थिक सहयोगको आह्वान गरेका थिए ।

जुन आह्वानपछि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थापाका लागि ५२ लाख ३४ हजार रकम उठेको जानकारी उनका शुभेच्छुकहरुले दिएका छन् । जसमा गोफन्डमीमा २२ हजार २ सय ९१ डलर जम्मा भएको र नेपाल बैंकमा २६ लाख ५० हजार जम्मा भएको जानकारी दिइएको छ ।

‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शुभेच्छुकबाट पैसा उपचारको लागि नगद जम्मा भएपछि थापाको परिवारले बीएण्डसीका संचालक दुर्गा प्रसाईंले घोषणा गरेको सम्पूर्ण खर्च बेहोर्न गरेको प्रस्तावलाई अवस्वीर गरेको छ ।

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read